नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २७३ पुग्यो
नेपालखोज
२०७७ जेठ ३ गते १०:३८
काठमाडौं । नेपालमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७३ पुगेको छ ।
आज कोरोना संक्रमण बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीय युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा पुष्टि भएको हो ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन् ।

सम्बन्धित

प्रतिक्रिया