२० हजार कर्णालीवासी भारतबाट फर्कंदै
रुकुम । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमण एकजनामा पनि देखिएको छैन । भारत तथा नेपालका अन्य प्रदेशबाट कर्णालीमा मान्छे भित्रिने क्रम बढेपछि जोखिम भने बढेको छ । प्रदेशका सबै नाका सिल गरिए पनि प्रदेश सरकारका लागि नयाँ चुनौती भएको बताइएको छ ।
भारतबाट मान्छे आउने क्रम सुरु भएपछि जोखिम व्यवस्थापनबारे छलफल गर्न चुनौती बढेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले बताइन् । भारत सरकारले रेलसेवा सुरु गरेसँगै अन्य क्षेत्रका नेपालीझैं कर्णालीवासी पनि गाउँ आउन थालेकाले व्यवस्थापनका साथै कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भन्ने विषयमा चुनौती बढेको उनको भनाइ छ । शनिबारसम्म करिब पाँच सय कर्णालीवासी नेपालगन्जको पैडिया नाका हुँदै प्रवेश गरेको उनले बताइन् ।
भारतका विभिन्न स्थानमा करिब ७० हजार कर्णालीवासी रहेको प्रवक्ता केसीले बताइन् । तीमध्ये झन्डै २० हजार कोरोनाबाट बच्नका लागि घर फर्किन आतुर रहेको अनुमान गरिएको छ । यो खबर आजको नागरिक दैनिकले छ ।
प्रतिक्रिया