लकडाउन जेठ १५ सम्म लम्ब्याउने तयारी

नेपालखोज २०७७ जेठ ४ गते १७:५५

काठमाडौँ । कोरोना (कोभिड १९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।
आइतबार बसेको समितिको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको हो । यसबारे अहिले केहिबेरमा बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताइएको छ ।

तर पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण मृत्यु नै पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।

जनस्वास्थ्यका विज्ञहरुले बढी प्रभावित क्षेत्रमा लकडाउन कडा पारेर अन्य क्षेत्रमा खुकुलो बनाउने नीति लिनुपर्ने बताउँदै आएका छन्

प्रतिक्रिया