९ जना कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

नेपालखोज २०७७ जेठ ५ गते ९:१०

काठमाडौं । सोमबार विहान रौतहट र बारामा  ९ जना कोरोना संक्रमित भेटिएका छन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया