थप एक जना सञ्चारकर्मीमा कोरोना पोजेटिभ पुष्टि

नेपालखोज २०७७ जेठ ५ गते १३:२४

वीरगञ्ज । नेपालमा थप एक जना सञ्चारकर्मीमा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । बारामा एक जना सञ्चारकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएको हो।

सोमबार स्वास्थ्य मन्त्रालयले जनाए अनुसार रौतहटमा ८ र बारामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाराका संक्रमित भनिएका पुरुष बाराको कलैयाबाट एक मिडियाका लागि काम गर्ने सञ्चारकर्मी रहेको प्रहरीले जनाएको छ।

उनी करैया गाऊँपालिका वडा नम्बर ५ का ३८ वर्षीय पुरुष हुन्।

यसअघि पर्सामा २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया