गुल्मीका संक्रमित बुटवल अस्पताल आइसियूमा भर्ना

नेपालखोज २०७७ जेठ ५ गते १७:३७

गुल्मी । गुल्मीका संक्रमित बुटवलको अस्पतालमा आइसियूमा भर्ना भएका छन् ।

गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षका युवामा आज कोरोनाभाइरस संक्रमण देखिएको हो । तर, उनी अहिले गुल्मीमा नभएर बुटवलको अस्पतालमा छन् ।

केही दिनअघिदेखि नै स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि उनी बुटवल आएको खुलेको छ ।

बुटवलको क्रिमसन अस्पतालमा भर्ना भएका उनीमा कोरोनाभाइरस कसरी संक्रमण भयो भन्ने चाहिँ खुलेको छैन । अब उनको उपचारमा संलग्न चिकित्सक तथा नर्सहरु र अस्पतालका अन्यको पनि परीक्षण गर्ने तयारी चलेको छ ।

पहिलो पटक आज गुल्मीमा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै नेपालका ३१ जिल्लामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया