कोरोना संक्रमितको संख्या बढ्दै नेपालमा संक्रमितको संख्या ३ सय ७५

नेपालखोज २०७७ जेठ ५ गते २२:३८

काठमाडौं । नेपालको कोरोना संक्रमितको संख्या ३ सय ७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०ः १५ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,भेरी अस्पताल नेपालगञ्ज, कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षण अनुसार थप १८ जना नयाँ संक्रमति पुष्टि भएको छ ।
जनअनुसार धनुषामा २ जना, खोटाङमा १ जना, वाँकेमा १२ जना, दैलेखमा १ जना, झापामा १ जना र सुनसरीमा १ जना गरी १८ जना थप सक्रमित देखिएका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार आजसम्म नेपालमा ३ सय ७५ जना कोरोना संक्रमित पुष्टि भएका हुन् ।

प्रतिक्रिया