नयाँ नक्साबारे शंका नगर्नुस : प्रधानमन्त्री

नेपालखोज २०७७ जेठ ६ गते १४:४४

टंककला तिमिल्सेना,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले नयाँ नक्साबारे शंका नगर्न आग्रह गरेका छन् ।

गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुृक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

संसदमा सांसदले नयाँ नक्सा जारी भएको तर वितरण किन नगरेको भनि गरेको प्रश्नको जवाफमा नक्साबारे शंका नगर्न आग्रह गरेका ओलीले हिजो मात्र नक्सा जारी भएकाले यो प्रश्ननै उचित नभएको बताए ।

प्रतिक्रिया