शनिबार, वैशाख ८, २०८१

नेपाल धितोपत्र बोर्डले पुनः सेयर कारोबार बन्द गर्यो

नेपालखोज २०७७ जेठ ६ गते १७:३८

काठमाडौं । कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले पुनः सेयर कारोबार बन्द गरेको छ ।
यसका साथै सरकारले करोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन २० गतेसम्मलाई लम्ब्यापछि धितोपत्र बोर्डले सेयर कारोबार स्थगन गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डको सञ्चालक समितिबाट धितोपत्र सूचिकरण तथा कारोबार नियमावी, २०७५ को नियम २१ को उपनियम १ अनुसार (काबु बाहिरको परिस्थितिमा) उक्त लकडाउनभर धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको बोर्डले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

लकडाउन खुकुलो पारिएसँगै सरकारले धितोपत्र कारोबार सञ्चालन गर्न अनुमति दिएको थियो । तर बोर्डले दुई दिन मंगलबार र बुधबार शेयर कारोबार गरे पनि पुनः बन्द गरेको धितोपत्र बोर्डका उप–प्रबन्धक प्रविन पन्दाकले जानकारी दिए ।

प्रतिक्रिया