शुक्रबार, वैशाख १४, २०८१

बलिउड अभिनेत्री अनुष्काविरुद्ध मुद्दा दायर

नेपालखोज २०७७ जेठ ६ गते १८:०४

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्ध अरुणाञ्चल प्रदेशको अल अरुणाचल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको छ ।

अनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’ मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएकाले उनीविरुद्ध अरुणाचल प्रदेशको गोर्खा समाजले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको हो ।

पाताल लोकमा नेपाली महिलामाथि प्रयोग गरिएको अत्यन्त आपत्तिजनक दृश्य र संवादका कारण अहिले अनुष्का शर्मा विवादमा तानिएकी छिन् ।

उक्त वेब सिरिजले नेपाली भाषीहरुको अपमान भएको भन्दै यतिबेला विश्वभरबाट अनुष्का शर्माको आलोचना भइरहेको छ ।

उनको विरोधमा भारतका विभिन्न प्रान्तमा रहेका गोर्खा समाज आक्रोशित बनेका छन् । सो क्रममा शर्माविरुद्ध विभिन्न स्थानमा मानहानी सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया