शुक्रबार, चैत १६, २०८०

मनिषाको एक ट्वीटले नेपालमा वाहवाह भारतमा हंगामा

नेपालखोज २०७७ जेठ ८ गते १५:३४

काठमाडौं । आफ्नो कलामार्फत भारतीय फिल्म क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएकी नायिका हुन मनिषा कोइराला । भारतमा सधै वाहवाही बटुल्न सफल नायिका मनिषा यतिबेला त्यहि भारतको विवादित पात्र बनेकी छन् ।

हालै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएर नेपालले नयाँ नक्सा अनुमोदन गरेको खुशीमा उनले नेपाल सरकारको कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् ।

कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीटलाई रिट्वीट गरी नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । मनिषाको सोही ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनी माथि खनिएका छन् ।

उनीहरुले ट्वीटरमा उनको आलोचना गरिरहेका छन । तर नेपालीहरुले भने विभिन्न सामाजिक सञ्जालमार्फत उनको खुलेर प्रशंसा गरिरहेका छन् ।

नेपालमा उनको वाहवाह चलिरहेको छ । हजारौं ट्वीट र स्टाटसमा लेखिएका शब्दहरु भाइरल भइरहेका छन् ।
यतिमात्रै होइन यतिबेला उनी विरुद्ध बनाइएका सामग्रीहरु भारतीय सञ्चार माध्यमहरुको ट्रेण्डिङमासमेत परेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरको टे«ण्डिङमा उनी लगातार एक नम्बरमा रहेकी छन् । यतिबेला ह्यास ट्याग आईएम वीथ मनिषा कोइराला ट्रेण्डिङ नम्बर एकमा छ

प्रतिक्रिया