शुक्रबार, चैत १६, २०८०

ठुला बजेटका असफल चलचित्र

नेपालखोज २०८० वैशाख २३ गते १८:२४

काठमाडाैं । अक्षय कुमारको फिल्म वन्स अपन अ टाइम इन मुम्बई १६० करोडको बजेटमा बनेको थियो तर फ्लप भयो । जग्गा जासुसको बजेट २१५ करोड भन्दा बढि थियो । फिल्मले सय करोड पनि कमाउन सकेन ।

२८० करोडको भारी बजेटमा बनेको सलमानको फिल्म रेस – ३ पनि नराम्रो सँग फ्लप भयो । शाहरुखको ‘जिरो’ पनि फ्लप भयो। २६० करोडमा बनेको यो फिल्मले १६० करोड पनि कमाउन सकेन ।

मल्टिस्टार फिल्म ‘कलंक’बाट धनुले कमाइ गर्ने अपेक्षा गरिएको थियो । यो फिल्मले १३४ करोड कमाएको थियो । ठग्स अफ हिन्दुस्तान ४८० करोडको ठूलो बजेटमा बनेको थियो । फिल्मले आधा मात्र लगानि उठायो ।

अक्षय कुमारको सम्राट पृथ्वीराज पनि फ्लप भयो । यो लिस्टमा राधेश्याम पनि छ , जसलाई सबैले हिट मानिरहेका छन् ।

रणवीर कपुरको फिल्म शमशेरा ६८ करोडमा बनेको तर फ्लप भयो । लाल सिंह चड्डा पनि ठूलो बजेटको फिल्म हो । यो चलचित्र बहिष्कारको सिकार भयो ।

प्रतिक्रिया