विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन गृह र श्रम मन्त्रालयलाई निर्देशन दिने

नेपालखोज २०७७ जेठ ८ गते १८:०१

काठमाडौं । सत्तारुढ दल कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले ढिला गर्न नहुने बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबार बसेको बैठकमा श्रेष्ठले ‘अहिले नै विदेशमा रहेका सबै नेपालीलाई स्वदेश फर्क भन्ने अवस्था नभएको भन्दै नयाँ परिस्थिति उत्पन्न भएको बुझ्नु आवश्यक छ’–भने ।

तर, विदेशमा अप्ठेरो स्थितिमा रहेकाहरुलाई भने तत्काल फर्काउन सरकारले पहल गर्नुपर्ने भन्दै उनले गृह र श्रम मन्त्रालयलाई बोलाएर समितिले निर्देशन दिने बताए ।

बैठकमा समितिका अरु सदस्यहरुले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुपर्ने, ‘क्वारेन्टाइन’, ‘आइसोलेसन’, कोरोना अस्पतालको संख्या पनि बढाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया