स्वदेश फर्किने नागरिकको संख्या बढ्यो, अछाममा आज एकै दिन २ सय ४ जना जिल्ला भित्रिए
अछाम । भारतले आफ्ना नागरिकको सहजताका लागि रेल सेवा संचालनमा ल्याउदा नेपाली नागरिकहरुको स्वदेश फर्किने क्रम बढेको छ ।
अछाम जिल्लामा सीमानाकाबाट आज एकै दिन भारतको विभिन्न सहरबाट २०४ जना नेपाली नागरिक जिल्ला भित्रिएका छन् । जिल्लाको चौरपाटी गाउँपालिकाका दुई महिला २७ पुरुष गरी २९ जना, मेल्लेख गाउँपालिकाका ३७ जना,साँफे नगरपालिकाका ४६ जना र मंगलसेन नगरपालिकाका ९२ जना अछाम भित्रिएको चौखुट्टे प्रहरी चौकी इञ्चार्ज गणेश बहादुर सिहंले जानकारी दिए ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका नागरिकलाई सीमानाका गौरीफन्टासम्म भारत सरकारको समन्वय र अछामसम्म प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय अछाम तथा पालिकाहरुको पहलमा जिल्ला भित्रिएका प्रहरीले जनाएको छ ।
जिल्ला भित्रिएका सबै २०४ जना नागरिकलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर २१ दिनसम्म क्वरेन्टीनमा राखिने जनाइएको छ ।

प्रतिक्रिया