बुधबार, असार ११, २०८२

बर्दियामा अनुदानमा बीउ वितरण सुरु

नेपालखोज २०७७ जेठ ९ गते १३:५६

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको बीउँ वितरण शुरु गरेको छ ।

बीउ राख्ने समयमा किसानलाई उन्नत जातको बीउको वितरण गरिएको कृषि शाखा प्रमुख लालबहादुर खड्काले जानकारी दिए ।

सामाजिक दूरी कायम गरी वडा नं ७ बाट वितरण शुरु गरेको छ । बाँसगढी नगरपालिकाको वडा नं १ र ९ मा भने स्थानीय कृषि सहकारी संस्था तथा कृषक समूहमार्फत वितरण गरिनेछ ।

सो शाखाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिकको स्वीकृत कार्यक्रमअनुसार १२७ क्विन्टल बीउ वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ । बर्दियामा ६० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

प्रतिक्रिया