शुक्रबार, वैशाख १२, २०८२

हुरीले उडे तीन घरका छाना

नेपालखोज २०७७ जेठ ११ गते १३:४५

प्युठान । जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंँको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् ।
गए राति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका घरमा गारोसमेत भत्केर छाना उडेको छ । आरुपाटाका डोरे खत्री र चन्द्रे सुनारका गोठमा लगाइएको टिनको पाता पनि उडेको गौमुखी गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार तीन घर र दुई गोठबाट छानामा लगाइएको टिनसहित करीब रु छ लाख क्षति भएको छ ।
छानो उडाएकामध्ये परियार र शिवबहादुरको गत वर्ष खरका छाना विस्थापन कार्यक्रमअन्तर्गत गौमुखी गाउँपालिकाको सहयोगमा निर्माण भएको थियो ।

प्रतिक्रिया