बुधबार, असार ११, २०८२

बढी मूल्यमा मास्क बिक्री गर्ने दुई औषधि पसललाई दुई–दुई लाख जरिवाना

नेपालखोज २०७७ जेठ ११ गते १६:०९

काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गरेको भेटिएपछि वीर अस्पताल अगाडिका दुईवटा औषधि पसललाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

बीर अस्पताल अगाडिको हनुमान फर्माले ‘एचआई मास्क’ बढी मूल्य लिई बिक्री गरेको पाइपछि कारबाही गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

यस्तै, सोही स्थानको पबित्र प्रोग्रेस फार्मेसीले ‘केएन ९५’ मास्क बढी मूल्य लिई बिक्री गरेको पाइपछि उसलाई पनि कारबाही गरिएको हो।

उपभोक्ता संरक्षण ऐन २०७५को १६–२ (क )बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ)को कसुरमा ३९–१ (ख) बमोजिम ति पसललाई २–२ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया