कोरोना अपडेट : आज थप १९ जनामा संक्रमण, कुल संक्रमितको संख्या ६ सय नाघ्यो, ८७ जना निको भए

नेपालखोज २०७७ जेठ ११ गते १६:३०

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना पुष्टि भएको छ। आइतबार दिउँसो काठमाडौँका १ सहित थप १९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

नेपालमा संक्रमितमध्ये हालसम्म उपचारपछि निको भएर ८७ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया