सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एकको मृत्यु, कोरोना परिक्षणको तयारी

नेपालखोज २०७७ जेठ १४ गते ९:१७

कैलाली। कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका एक जनाको आज बिहान मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका-७ का ५५ वर्षीय पुरुषको आज बिहान ६ बजे आईसोलेसनमै मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । उनी केही दिनअघि मात्रै भारतबाट नेपाल फर्किएका थिए।

मृत्यु भएका ती पुरुषको कोभिड(१९ परीक्षणको लागि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला पठाइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया