बिहीबार, चैत १५, २०८०

रुकुम घटनविरुद्ध चितवनमा प्रदर्शन

नेपालखोज २०७७ जेठ १५ गते ७:३४

चितवन। रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयमा ४ जनाको हत्या र २ जना बेपत्ता भएको घटनाविरुद्ध देशभर विरोध भइरहेको बेला चितवनमा पनि यस विरुद्ध प्रदर्शन भएको छ ।

घटनामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिलाउन माग गर्दै बुधबार प्रदर्शन गरिएको हो ।

स्वतन्त्र युवाहरुको समूहले निकालेको शान्तिपूर्ण र्‍यालीमा सम्पूर्ण उत्पीडन बर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन भन्ने नारा लगाएका थिए ।

उनीहरुले गणतान्त्रिक मुलुकमा पनि कोही सुरक्षित नहुनु दुर्भाग्यपूर्ण हो भन्दै रुकुम घटनाको निष्पक्ष छानविन गर्न, घटनालाई राजनीतिकरण नगर्न र अपराधीलाई कारवाही गर्न माग गरेका हुन ।

प्रतिक्रिया