बिहीबार, माघ ३, २०८१

लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नगरी डिस्चार्ज गरिने

नेपालखोज २०७७ जेठ १८ गते १४:५३

काठमाडौँ । सरकारले कोरोना भाइरस ९कोभिड १९० संक्रमणको लक्षण नदेखिएका बिरामीलाई पुनः पीसीआर परीक्षण नगर्ने भएको छ।

Advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नयाँ मापदण्ड अनुसार लक्षण नदेखिएका संक्रमितलाई एक पटक मात्रै परीक्षण गर्ने रणनीति लिएको हो। डब्ल्यूएचओले केही दिनअघि पीसीआर परीक्षणका सम्बन्धमा बनाएको नयाँ मापदण्ड लागू गर्न सुझाएको उनले बताए।

उनका अनुसार अब लक्षण नदेखिएका र त्यस्ता संक्रमितबाट १० दिनपछि अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना नभएकाले पुनः परीक्षण गर्नु आवश्यक छैन।

यसअघि संक्रमण पुष्टि भएको कम्तीमा दुई पटकसम्म पीसीआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएकोमा अब नीति परिवर्तन गरी ‘एक व्यक्ति, एक परीक्षण’ नीति लिएको उनले बताए।

संक्रमण भई लक्षण देखिएर अस्पतालमा राखिएका बिरामीलाई पनि लक्षण देखिन छोडेको तीन दिनपछि पीसीआर परीक्षण नगरी डिस्चार्र्ज गरिने डा. पाण्डेले बताए। नेपालमा हालसम्म संक्रमण पुष्टि भएको पाँच पटकभन्दा बढी पीसीआर परीक्षण गरिएको थियो।

प्रतिक्रिया