शुक्रबार, वैशाख १४, २०८१

स्वास्थ्य सामग्री सहयोग

नेपालखोज २०७७ जेठ २० गते १७:५३

विराटनगर । प्रदेश नं १ सरकारलाई कोभिड–१९ रोकथाम,उपचार तथा नियन्त्रणका गर्न नेपाल कुष्ठरोग सङ्गती र आइपास नेपालले रु पाँच लाख ४१ हजार मूल्यबराबरको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई सङ्गतीका प्रदेश संयोजक एन्ड्रयु सिथलिङले रु तीन लाख ५० हजारको आइसियु प्यासेन्ट मोनिटर सोमबार हस्तान्तरण भयो ।

यस्तै सामाजिक विकासमन्त्री घिमिरेलाई आइपासका प्रदेश संयोजक केदार भण्डारीले रु एक लाख ९१ हजार बराबरको मास्क, पञ्जा, पिपिइलगायतका सामग्री हस्तान्तरण गरे । सो अवसरमा मन्त्री घिमिरेले स्वास्थ्य सामग्री उपलब्ध गराउने संस्थालाई धन्यवाद दिए।

प्रतिक्रिया