बिहीबार, चैत १५, २०८०

बलिउड कलाकार कोरोना सम्बन्धी जनचेतना जोगाउँन तत्पर

नेपालखोज २०७७ जेठ २१ गते १३:५३

एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगविरुद्ध कसरी लड्न सकिन्छ भन्नेबारे यतिबेला बलिउड कलाकार जनचेतना जोगाउनमा लागिपरेका छन् ।

बलिउडका धेरै कलाकारहरु यतिबेला आ–आफ्नो स्थानबाट जनचेतना मुलक विभिन्न भिडियो अथवा सामाग्रीहरु पस्किरहेका छन् । यहि समयमा बलिउड चर्चित कलाकार अक्षय कुमार पनि आफ्नो ठाउँबाट आम जनतालाई जनचेतना दिनमा लागि परेका छन् ।

साथै उनले कोरोना महामारीको समयमा समस्यामा परेका दैनिक ज्यालादारी गरेर खाने मानिसहरुलाई सहयोग पनि गरिरहेका छन् । अक्षयले हालै एक जनचेतनामूलक विज्ञापन सार्वजनिक गरेका छन् ।

उनले भारत सरकारसँग हातेमालो गरी जनचेतनामूलक विज्ञापनको छायांकन गरेका थिए । त्यही भिडियो उनले युट्युबमा सार्वजनिक गरेका हुन्।

यस भिडियोमा कोरोना महामारीबीच पनि काममा जाँदा मास्क लगाउने, समय–समयमा साबुनपानीले हात धुने, प्रत्येक व्यक्तिबीच कम्तिमा २ मिटरको दूरी कायम गर्नेलगायतका विषयमा सावधानी कसरी अपनाउने भन्नेबारे जानकारी गराएका छन् ।

प्रतिक्रिया