लकडाउनको मोडालिटी बारे प्रधानमन्त्रीद्वारा विज्ञहरुसँग छलफल

नेपालखोज २०७७ जेठ २१ गते १७:४९

काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउन मोडलबारे चौतर्फी आलोचना शुरु भएपछि अबको बोटोबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल शुरु गरेका छन्।

प्रधानमन्त्री ओलीले अपरान्ह चार बजेबाट बालुवाटारमा विज्ञहरूसँग छफपल शुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञहरु बालुवाटार उपस्थित छन् । प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समिक्षा र आगामी दिनमा अपनाउनु पर्ने लकडाउनको मोडालिटीका बारेमा छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको भन्दै निजी क्षेत्रले रेड, एल्लो र ग्रिन जोन गरी लकडाउन खुकलो पार्न मंगलवार कोभिड १९ उच्चस्तरिय समन्वय समितिलाई सुझाव दिएका थिए ।

उच्चस्तरिय समितिले यसबारेमा बुधवार छलफल गर्ने भनिए पनि प्रधानमन्त्री ओलीले आफैले विज्ञहरुलाई बोलाएर छलफल थालेका हुन् ।

प्रतिक्रिया