सुर्खेतमा क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु, कोरोना परिक्षण गरिदैँ
नेपालखोज
२०७७ जेठ २२ गते १०:०३
काठमाडौं । सुर्खेतमा १४ दिन क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको मृत्यु भएको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा रहेको विद्यापुर जनता माविको क्वारेन्टाइनमा १४ दिन बसेर फर्किएका उनको बुधबार राती घरैमा नै मृत्यु भएको हो ।
गत जेठ ७ गते भारतबाट आएका उनको बुधवार कोरोना संक्रमणको रिजल्ट नेगेटिभ आएको थियो। मृतकको पुनः स्वाव परिक्षणको तयारी भइरहेको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया