लकडाउन परिमार्जनका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाकियो
नेपालखोज
२०७७ जेठ २२ गते ११:२३
काठमाडौं । मन्त्रिपरिषद् बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञ, अर्थविद, योजना आयोगका पूर्व प्रतिनिधिहरुसँग गरेको छलफलका आधारमा लकडाउन परिमार्जनका विषयमा केही निर्णय हुनसक्ने एक मन्त्रीले बताए ।
लकडाउन परिमार्जन गर्न उच्च स्तरीय समितिले मंगलबार आर्थिक क्षेत्र र नागरिक समाजका प्रतिनिधिसँग छलफल गरेको थियो। आर्थिक गतिविधिसँगै जनजीवन सामान्य बनाउन लकडाउन परिमार्जनका विषयमा छलफल हुँदै आएको छ।
सम्बन्धित

प्रतिक्रिया