धनगढीमा एक व्यक्ति दुई किट अभियान सुरु
कैलाली । कोरोना परीक्षणका लागि किट अभाव भइरहेका बेला सुदूरपश्चिममा समाजसेवीको एक समूहले एक व्यक्ति दुई किट अभियान सुरु गरेको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा धेरै भन्दा धेरै व्यक्तिको छिटो कोरोना परीक्षण गराउने उदेश्यले धनगढीका समाजसेवी एवम् उद्योग व्यवसायी श्याम तायलको अगुवाईमा एक व्यक्ति दुई किट अभियान संचालन गरिएको हो ।
‘ह्युमानिटी फाउण्डेसन नाम दिएर अभियानको सुरुवात गरिएको छ’ समाजसेवी श्याम तायलले भने, ‘सरकारले प्रयाप्त किट उपलब्ध गराउन नसकेको अहिलेको अवस्थामा हामीले सरकारलाई सहयोग गर्न र कोरोनाको जोखिम न्यूनिकरण गर्न यो अभियान सुरु गरेका हौँ ।’ फाउण्डेसनका अध्यक्ष तायलले किटको अभावमा भारतबाट भित्रिएका अढाई लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण हुन नसकेकोले एक व्यक्ति दुई किट अभियान सुरु गरिएको बताए ।
उनले यो अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशमा र्यापिड र पीसीआर गरी ४० हजार किट सुदूरपश्चिम प्रदेश सरकारलाई उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिए । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई एक सय र्यापिड किट हस्तान्तरण गरेर एक व्यक्ति दुई किट अभियानको सुरुवात गरिएको तायलले जानकारी दिए ।
लाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पत्रकार दिर्घराज उपाध्याय, दीपक उपाध्याय लगायत लागेका छन् ।
प्रतिक्रिया