सोमबार, वैशाख १५, २०८२

पोखरामा खोप अभियान शुरु गरिँदै

नेपालखोज २०७७ जेठ २३ गते १५:१७

पोखरा । पोखरा महानगरपालिकाभित्र यही जेठ २५ देखि ३१ गतेसम्म दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

यसअघि गत चैत १० देखि २२ गतेसम्म राष्ट्रिय कार्यक्रमअन्तर्गत सो अभियानको तयारी गरिए पनि कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले खोप स्थगन भएको थियो । तर जिल्लाका अन्य गाउँपालिकामा कार्यक्रम तोकिएको मितिमै सम्पन्न भएका थिए ।

खोप अभियानअन्तर्गत महानगरभित्रका ३३ वटै वडाका नौ महिनादेखि पाँच वर्ष उमेरमुनिका ४० हजार ७७९ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप दिइने महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । महानगरले मातृ शिशु मितेरी अस्पताल, शिशुवा अस्पताल, सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकी शहरी स्वास्थ्य केन्द्रमा तोकिएको मितिमा खोप कार्यक्रम सञ्चालनका लागि निर्देशन गरिसकेको महानगर स्वास्थ्य महाशाखाका प्रमुख एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया