कर्णालीमा एकै दिन एक सय संक्रमित थपिए

नेपालखोज २०७७ जेठ २३ गते १६:१८

सुर्खेत । कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। सबैभन्दा धेरै संक्रमित दैलेख जिल्लामा थपिएका छन्। दैलेखमा यसअघि दुई सय १८ जना संक्रमित रहेकोमा आज ९१ जना थपिएसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ सय ९ पुगेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखको दुल्लु नगरपालिकाका १० र ११ नम्बर वडाबाहेक सबैजसो वडामा संक्रमित थपिएका छन्।

त्यस्तै दुल्लु नगरपालिकामा मात्रै जम्मा २७ जना संक्रमित थप भएका छन् । महाबु गाउँपालिकामा दुईजना ४ वर्षीय बालक र एक ९ वर्षीया बालिका सहित ६४ जना थपिएका छन्। कर्णालीका प्रदेशका दश जिल्लामध्ये आज हुम्ला र जाजरकोटमा पनि कोरोना संक्रमति भेटिएका छन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

हुम्लाको चंखेली गाउँपालिका वडा नं. ३ का ५८ वर्षे पुरुष र जाजरकोट भेरी नगरपालिका वडा नं। १० का १९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै आजै जुम्लाको चन्दननाथ नगरपालिकाका ३ जना, दोलखाका, रामेछाम, गोरखाका एकरएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषणको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा एकै दिन १ सय जना कोरोना संक्रमण पुष्टि भएका हुन्।

प्रतिक्रिया