प्रदेश २ का थप १५ जना कोरोना संक्रमित डिस्चार्ज
नेपालखोज
२०७७ जेठ २४ गते ९:५५
जनकपुरधाम । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि तिव्रगतिमा फैलिरहेको छ ।
संक्रमितको संख्या बढिरहेको नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या पनि बढि रहेको छ । गएराति मात्रै प्रदेश २ का थप १५ जना डिस्चार्ज भएका छन् ।
जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका सर्लाहीका १४ जना र जनकपुरका १ जना डिस्चार्ज भएका अस्पताल स्रोतले जनाएको छ । यसअघि पनि जनकपुर प्रादेशिक अस्पतालबाट ८ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया