बिहीबार, चैत १५, २०८०

विश्वमै एक जनाले मात्र किन्न पाउने छन् यो बाइक, यस्तो छ खास विशेषता

नेपालखोज २०७७ जेठ २४ गते १४:०१

काठमाडौँ । इटालियन कम्पनी एमभी अगस्टाले नयाँ मोडलको एउटा मात्र बाइक बनाउने भएको छ । सो बाइक विश्वभरमा मात्र १ जनाले खरिद गर्न सक्नेछन् ।

सो बाइक कम्पनीको ब्रुटल १०००आरआर नेकेड बाइकको अल्ट्रा लिमिटेड एडिसन भर्सन हो । यसलाई एमभी अगस्टा ब्रुटल १००० आरआर एमएलको नामले बजारमा प्रस्तुत गरिने छ ।

लुक

ब्रुटल १०००आरआर एमएल बाइकको लुक स्ट्यान्डर्ड ब्रुटल १००० आरआर जस्तो हुनेछ । अल्ट्रा लिमिटेड एडिसन बाइक ब्लु र ह्वाइटको सम्मिश्रणको साथमा ट्राइकलर पेन्ट स्किमको साथमा उपलब्ध रहेको छ । बाइकको फ्रेम, आल्मुनियम ह्विल र स्विगंआर्ममा गोल्डेन पेन्ट गरेको छ । सो बाइकको नाममा रहेको ‘एमएल’ वास्तवमा मोटरसाइकलको मालिकको नाम हो ।

पावर र स्पिड

ब्रुटल १०००आरआर एमएलमा केही पनि मेकानिकल परिवर्तन गरिएको छैन । सो बाइकमा ९९८ सीसीको इन्जिनले २०५ बीएचपीको पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड ट्रान्समिसन समावेश गरेको छ । कम्पनीका अनुसार अल्ट्रा एक्सक्लुसिभ मोडल ३०० किलोमिटर प्रति घन्टाको स्पिड गुड्ने क्षमता रहेको छ ।

राइडिङ मोड र फिचर

ब्रुटल १०००आरआर एमएलमा ४ राइडिङ मोड दिएको छ । जसमा रेस, स्पोर्टस्, रेन र कस्टम समावेश रहेको छ । यसमा ५ इन्चको हाई रिजोलुसन कलर टीएफटी डिस्प्ले छ । जसमा बाइकसँग सम्बन्धित सबै जानकारी हेर्न सकिन्छ । ब्रुटल १०००आरआरमा जस्तै यसमा ओहलिन सस्पेन्शन र ब्रुम्बो स्टाइलिस ब्रेक समावेश गरेको छ ।

मूल्य

एमभी अगस्टाले सो बाइकको मूल्यको बारेमा जानकारी दिएको छैन । सो बाइक मात्र १ युनिट बन्नेछ । त्यसैले पनि सो बाइकको मूल्य निकै महँगो हुने अनुमान गरिएको छ । -नेपाल अटो

प्रतिक्रिया