राष्ट्रियसभा बैठक बस्दै

नेपालखोज २०७७ जेठ २५ गते १०:४६

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक छलफल गरी पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट तथ्याङक विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत हुनेछ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रत्यायन एक्रिडिटेशन विधेयक २०७६ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विरुवा संरक्षण पहिलो संशोधन विधेयक छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया