बिहीबार, माघ ३, २०८१

बिरुवा निःशुल्क  वितरण

नेपालखोज २०७७ जेठ २५ गते १६:०५

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले सर्वसाधारणलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । जिल्लालाई हरियाली बनाउन र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले कार्यालयले बिरुवा वितरण शुरु गरेको हो ।

Advertisement

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका बीचमा पनि सर्वसाधारणले कार्यालयमा आएर बिरुवा लिएर जाने गरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । “कार्यालयले एक हप्ता अगाडिदेखि बिरुवा वितरण खुल्ला गरेको छ, बिरुवा चाहिनेले कार्यालयमा आएर लैजान सक्नुहुन्छ”, उनले भने ।

डिभिजन वन कार्यालयको नर्सरीसहित अन्य आठ सवडिभिजन कार्यालयमा गरी ६ लाख बिरुवा तयारी अवस्थामा रहेको छ । बरालका अनुसार डिभिजन वन कार्यालयमा दुई लाख ५० हजार र देवघाट, विमलनगर, भानु, व्यास, छाङ, बेलचौतारा, भीमाद सवडिभिजनमा ५०/५० हजार बिरुवा उत्पादन भएको छ । थप बिरुवा पनि उत्पादन हुने क्रममै रहेको उनले बताए ।

गत आर्थिक वर्षमा ६ लाख ४० हजार बिरुवा वितरण गरेको कार्यालयले यो वर्ष ६ लाख ५० हजार बिरुवा वितरणको तयारी गरेको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया