मंगलबार, चैत ११, २०८१

भारतीय अभिनेता चिरञ्जीवी सर्जाको हृदयघातका कारण निधन

नेपालखोज २०७७ जेठ २६ गते १२:०३

एजेन्सी । भारतीय लोकप्रिय अभिनेता चिरञ्जीवी सर्जाको निधन भएको छ । ३९ वर्षिया चिरञ्जीवीका हृदयघातका कारण मृत्यु भएको जनाएका छन् ।

Advertisement

कर्नाटकाका मुख्यमन्त्री बीएस येदुरप्पाले ट्वीट गर्दै उनको निधन भएको जनाएका छन्। उनले लेखेका छन्, ‘लोकप्रिय कन्नाडा कलाकार चिरञ्जीवी सर्जाको निधन भएको खबले स्तब्ध भएको छु।

उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दछु।’ उनले अभिनित ‘ह्विसल’, ‘वरादानायका’लगायत दक्षिण भारतका चर्चित सिनेमामा हुन्।

यसको साथै ‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनको मुख्य भूमिका रहेको थियो। उनी सन् २०१८ मा अभिनेत्री मेघना राजसँग वैवाहिक जीवनमा बाँधिएका थिए।

प्रतिक्रिया