आइतबार, जेठ ६, २०८१

अक्षय कुमारको पारिश्रमिक १३५ करोड

नेपालखोज २०७७ माघ १६ गते १४:४९

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन् । त्यसअघि पनि उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता थिए । अक्षय बलिउडका एक्ला अभिनेता हुन्, जसको नाम सन् २०२० को फोब्र्स सूचीमा परेको थियो । सन् २०१९ मा अक्षयको फिल्मले बक्सअफिसमा ७ सय करोडको व्यापार गरेको थियो ।

अक्षय हरेक फिल्मबाट १ सय २० करोड पारिश्रमिक लिन्थे, तर अब उनले १ सय ३५ करोड लिने भएका छन् । अक्षय जोडिएका प्रायः सबै फिल्म हिट भएपछि उनले पारिश्रमिक बढाएका हुन् ।

बलिउडका निर्देशकहरु अक्षयको नामसँग जोडिएको फिल्महरु कमै मात्र फ्लप भएको बताउछन् । त्यहीकारण पनि निर्माता र निर्देशकहरु उनीसँग काम गर्न मरिहत्ते गर्छन् । सन् २०२१ मा अक्षयका कैयौं फिल्म रिलिजको तयारीमा छन् ।

यो वर्ष उनको ‘सूर्यवंशी’, ‘राम सेतू’, ‘रक्षा–बंधन’, ‘बेल बटन’, ‘पृथवीराज चौहान’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’ लगायतका फिल्म रिलिज हुँदैछन् ।

प्रतिक्रिया