रुपन्देहीमा गाई फर्ममा काम गर्ने ५ मजदुरको हत्या

नेपालखोज २०७७ जेठ २७ गते ७:५४

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा एक महिला सहित ४ जना पुरुषको हत्या भएको छ ।

प्रहरीका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका हुन् । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको विवरण खुलेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकहरु गाई फर्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ ।

प्रतिक्रिया