मंगलबार, वैशाख ३०, २०८२

एसईईका विद्यार्थीहरुलाई विद्यालयले आफै ग्रेड निर्धारण गर्ने सरकारी निर्णय

नेपालखोज २०७७ जेठ २८ गते २२:१४

काठमाडौं । आज राती अवेरसम्म बसेको मन्त्रीपरिषद्को वैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई नगर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को वैठकले विद्यालयहरुको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । कोभिड १९ को संक्रमणसँगै चैत ६ गतेदेखि हुने भनिएको सो परिक्षा चैत ५ गते सरकारले स्थगित गरेको थियो ।
स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया