पीसीआर परीक्षण गर्न निजी प्रयोगशाला इच्छुक
काठमाण्डौँ । कोरोना भाइरसको पीसीआर परीक्षणको लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकोम तीमध्ये पीसीआर मेसिन भएका नौ वटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिए ।
प्रस्ताव पेस गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन् । उनीहरुले आफूसँग अहिल्यै पीसीआर मेसिन नभए पनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पीसीआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण सुरु गर्ने प्रस्ताव पेस गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।
प्रयोगशालाकी निर्देशक डा. झाकाअनुसार नौ प्रयोगशालामध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणको लागि आवश्यक किटसमेत रहेकोले अहिले नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेस गरेको उनले बताए ।
प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड(१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाइ प्रस्ताव आह्वान गरेको थियो ।
प्रतिक्रिया