योगले शरीरमा हुने फाइदा
योगले शरीरलाई हुने फाइदाहरु यस्ता छन् ।
१.स्वस्थ शरीर
योगको सोझो प्रभाव हाम्रो शरीर र स्वस्थ्यमा पर्छ । योग सुरु गरेदेखि नै हामीले शारीरिक रुपमा केही परिवर्तन अनुभव गर्छौं । योगका अनेक आसन छन् । आसन अनुसार शरीरका अंगहरुमा त्यसले पार्ने प्रभाव पनि अलग छन् । यद्यपि कतिपय आसनले समग्र शरीरलाई नै प्रभावित गर्छ । जस्तो कि सूर्य नमस्कार । यसलाई सम्पूर्ण व्यायाम पनि भनिन्छ । सबै किसिमको योग अभ्यास गर्न संभव नभएपनि केही आसन नियमित रुपमा गर्न सकिन्छ ।
२. मन सधै खुसी
योग गरिरहँदा वा योग सुरु गरेपछिको समयमा हामीले प्रत्यक्ष अनुभव गर्न सक्छौं कि, मनमा खिन्नता, वेचैनी रहँदैन । मन चंगा हुन्छ । खुसी हुन्छ ।
३. हराउँछ मानसिक रोग
योगले मानसिक तनाव, वेचैनी, डिप्रेसन आदिबाट मुक्त गर्छ । मनभित्रको विकार हटाउँछ । इष्र्य, मोह, वासना, क्रोध आदि विकार हटाउँछ र प्रेम, करुणा एवं सकारात्मक सोंच विकास गर्छ ।
४. बढाउँछ कार्यक्षमता
नियमित योगले मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त हुन्छ । यसले गर्दा हाम्रो कार्य क्षमता पनि बढ्छ । लामो समयसम्म हामीभित्र उर्जा कायम रहन्छ ।
५. बद्लिन्छ व्यक्तित्व
योगको प्रभाव हाम्रो व्यक्तित्वमा पनि झल्कन्छ । नियमित योगले मानसिक र शारीरिक स्वस्थ्य राम्रो हुन्छ र यसको प्रभाव हाम्रो व्यक्तित्वमा पर्छ । मनभित्रको नकारात्मक भाव हट्छ । चिन्ता, वेचैनी हट्छ । शरीर बलियो र उर्जावान हुन्छ ।
६. गहिरो निद्रा
प्राणायाम गरेपछि प्राणवायु शरीरको सबै ठाउँमा राम्ररी संचार हुन्छ । यसले अनावश्यक एवं हानिकारक द्रव्य नष्ट गर्छ । विकार हटाउँछ । यही कारण गहिरो निद्रा लाग्छ । प्राणायाम र ध्यानले मस्तिष्कलाई क्रियाशिल र शक्तिशाली बनाउँछ ।
प्रतिक्रिया