बिहीबार, माघ १०, २०८१

प्रदेश २ मा २४ घण्टामा थप १ सय ७ जनामा कोराना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ ३१ गते १६:१९

जनकपुरधाम । पछिल्ला २४ घण्टामा प्रदेश नम्बर २ मा थप १ सय ७ जना व्यक्तिमा कोराना संक्रमण पुष्टि भएको छ।

Advertisement

पछिल्ला २४ घण्टामा ६ जना महिला र १ सय १ जना पुरुषमा कोरानासंक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

पछिल्ला २४ घण्टामा सबै भन्दा बढी रौतहटमा ९० जनामा कोराना संक्रमण पुष्टि भएको छ भने सर्लाहीमा ११जना, पर्सामा ५ जना र महोत्तरीमा १ जनामा कोराना संक्रमण् पुष्टि भएको झाले नियमित मिडिया ब्रिफिङ मार्फत् जानकारी दिए।

प्रतिक्रिया