कोरोना : फेरि थपिए ४ सय २५ जना संक्रमित

नेपालखोज २०७७ जेठ ३२ गते १६:३१

काठमाडौँ । नेपालमा कोरोना भाइरसका ४२५ जना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा ३७५ जना पुरुष र ५० जना महिला संक्रमित थपिएका हुन्। योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७६० पुगेको छ।

यीमध्ये १९ जनाको मृत्यु भएको छ भने ९७४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ जना र आरडीटी विधिबाट २ लाख १० हजार ७२९ जनाको कोरोना परीक्षण भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ४३ हजार ६४१ जना र आइसोलेसनमा ४ हजार ७६७ जना छन्।

हालसम्म देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। अब चार जिल्ला ओखलढुंगा, रसुवा, मनाङ र मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन।

प्रतिक्रिया