शुक्रबार, वैशाख ७, २०८१

भारतमा भिटारा ब्रेजालाई पछि पार्दै महिन्द्राको एक्सयूभी ३०० पहिलो नम्बरमा

नेपालखोज २०७७ जेठ ३२ गते १८:०९

काठमाडौँ । महिन्द्रा एक्सयूभी ३०० बिक्रीको मामिलामा यो सेगमेन्टमा पहिलो नम्बरमा परेको छ । मे महिनामा महिन्द्रा एक्सयूभी ३०० यो महिनामा १ हजार २५७ युनिट बिक्री भएको छ । महिन्द्राको सो सब कम्प्याक्ट एसयूभीले मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्सन र फोर्ड इकोस्पोर्टलाई पछाडि पारेको छ ।

कोरोना भाइरसको कारण सवारी साधन बिक्रीमा धेरै प्रभाव पारेको छ । अप्रिल महिनामा लगभग सबै कार निर्माता कम्पनीको बिक्री शुन्य रहयो । लकडाउन पछि कारको बिक्रीमा बढोत्तरी हुने विश्वास गरेको छ । ।

सब कम्प्याक्ट एसयूभी सेगमेन्टमा फोर्ड इकोस्पोर्ट बिक्रीमा चौथौ स्थानमा परेको छ । सो कार मे महिनामा ३३१ युनिट बिक्री भएको छ ।

टाटा नेक्सन सो लिस्टमा तेस्रो स्थानमा परेको छ । नेक्सन मे महिनामा ६२३ युनिट बिक्री भएको छ । सोही महिनामा हुन्डाई भेन्यु १२४२ युनिट बिक्री भएको छ । हुन्डाई भेन्यु महिन्द्रा एक्सयूभी ३०० भन्दा १५ युनिट मात्र कम बिक्री भएर दोस्रो स्थानमा परेको हो । -नेपाल अटो

प्रतिक्रिया