मंगलबार, चैत ११, २०८१

खुकुलो लकडाउन : यी २१ क्षेत्र खुल्दैछन् आजबाट !

नेपालखोज २०७७ असार १ गते ७:५३

नेपाल खोज डेक्स,
काठमाडौँ । ८२ दिनपछि आजबाट औपचारिक रुपमा बन्दाबन्दी (लकडाउन) खुकुलो भएको छ । गएको चैत ११ गतेदेखि जारी बन्दाबन्दी आजबाट खुकुलो भएसँगै अब २१ किसिमका क्षेत्र खुला हुनेछन् । यसैगरि सरकारी कार्यालयहरु दुई सिफ्टमा खुल्ने छन्। निजी सवारी साधन पनि बेरोकटोक सञ्चालनमा आउने भएका छन् ।

Advertisement

मन्त्रिपरिषद्को निर्णयअनुसार आजबाट सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्टमा गरी दुई सिफ्टमा सञ्चालन हुनेछन् । यसअघि ७ घण्टामात्रै खुल्ने सरकारी कार्यालय अब १० घण्टा चल्ने भएका छन् ।

आजैबाट नापी, मालपोत र यातायातजस्ता सेवाग्राहीको भिड लाग्ने कार्यालयहरु पनि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । गैरसरकारी संघसंस्था पनि आजबाट निर्वाध रुपमा खोल्न पाइने भएको छ । पसल, उद्योग व्यवसाय पनि आजबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।

यस्तै आजबाट पूर्ण रुपमा सञ्चालनमा आएका निजी सवारी साधनको हकमा केही नियम लागू गरिएको छ ।

मोटरसाइकलसहितका सबै खाले निजी सवारी साधन जोरविजोर नम्बरका आधारमा मात्रै चल्न पाउने, मोटरसाइकलमा एक जनामात्रै चढ्न पाइने, चार पांग्रे सवारीमा चालकसहित ३ जनामात्रै चढ्न पाइने नियम आजबाट कडाइका साथ लागू हुने भएको छ ।

निजी सवारी साधन एउटा जिल्लाभित्र मात्रै चल्न पाउनेछन् । काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै जिल्ला मानिएको छ । एक जिल्लाबाट अर्को जिल्ला जान अनिवार्य रुपमा पास चाहिने छ ।

यो निर्णय सरकारले २१ दिनसम्म कार्यान्वयनमा ल्याउने र त्यसपछि परिस्थिति हेरेर मन्त्रिपरिषद्ले थप निर्णय लिन सक्ने अर्थ र सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्ने पनि सरकारले नियम बनाएको छ ।

यी हुन् आजबाट खुल्ने २१ क्षेत्र

– अत्यावश्यक सेवाका कार्यालय

– अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू ९५० प्रतिशत कर्मचारी रहने गरी

– स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

– औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

– पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण

– सबै प्रकारका ढुवानी सेवा

– फोहोरमैला व्यवस्थापन

– विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

( बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

– सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

– कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

– उत्पादनशील उद्योग

– निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

– विकास आयोजना (निजी क्षेत्रका समेत)

– निर्माण कार्य (निजीसमेत)

– नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

– क्वारेन्टाइनका लागि तोकिएका होटल

– बिजुलीका सामान बिक्री र मर्मत

– विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

– पुस्तक पसल तथा स्टेसनरी

प्रतिक्रिया