पहिरोमा दुई परिवारका ९ जनाको शव भेटियो, एक किशोरी अझै वेपत्ता

नेपालखोज २०७७ असार १ गते ९:३१

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ। शनिबार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका १० मध्ये ९ जनाको शव फेला परेको हो। मृत्यु भएका ९ जना दुई परिवारका हुन्।

बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्रको टोली पनि खटेको छ। वेपत्ता हुनेमा १३ वर्षीया किशोरी जेनिश विक छिन्।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिर्पा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिस विक र ७ वर्षीया प्रमिसा विक छन्।

प्रतिक्रिया