वीरगन्जमा आफूहरुलाई समाजबाट बहिष्कार गरिएको एक परिवारको आरोप
नेपालखोज
२०७७ असार १ गते १३:३५
वीरगन्ज । वीरगन्ज महानगर–२१ परवानीपुरमा वडाध्यक्षकै संलग्नतामा एक परिवारलाई समाजबाट बहिष्कार गरिएको छ ।
उक्त परिवारले कोरोनाका बेला मस्जिदमा धेरै जना भेला नहुन भन्दा आफूहरूलाई समुदायबाट अलग गरिएको आरोप लगाएको छ ।
वडाध्यक्ष हबिब मियाँले आफ्नै समुदायका राजमहमद मियाँको परिवारसँग कुनै लेनदेन र सहयोग नगर्न टोलबासीलाई उर्दी गर्नुभएको छ । हिजो परवानीपुर मस्जिद छेउ स्थानीयसहितको बैठक डाकी उहाँले राजमहमदको परिवारलाई साथ दिने र सहयोग गर्नेलाई पनि त्यही कारबाही गर्ने निर्णय गर्नु भएको थियो ।
जेठ १२ गते इदका दिन राजमहमद, उनका छोरा र श्रीमतीले मस्जिदका इमाम मौलानालाई गालीगलौज तथा हातपात गरेको वडाध्यक्षको आरोप छ । इदपछि पनि त्यस्तै व्यवहार दोहो¥याए पछि हिजो भेला बसी समाजबाट अलग गर्ने निर्णय भएको भेलाको माइन्युटमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया