पर्साका १० जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ असार १ गते १४:२१
पर्सा । पर्सामा थप तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठानका तीन जना रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया