असार ७ गते सूर्यग्रहण लाग्ने
काठमाडौँ । नेपालबाट असार ७ गते आइतबार सूर्यग्रहण देखिने भएको छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिनेछ ।
यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ ।
नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिने छ ।
चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्दछ ।
त्यसैले सूर्यग्रहणका वेलामा नौं आखाले कदापि हेर्न हुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्दछ । ग्रहण हेर्नलाई बनाइएको बिशेष चस्मा को प्रयोगगरी ग्रहण हेरेमा कुनै नोक्सानी हुदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्बबनाइ छाया हेर्नु नै हो ।
प्रतिक्रिया