प्रहरी प्रधान कार्यालयद्वारा ३६ एसपीहरूको सरूवा
नेपालखोज
२०७७ असार २ गते २०:११
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ । महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णय अनुसार उनिहरूले असार महिनाको तलब, भत्ता समेत सरूवा भएको ठाउँबाट खान पाउनेछन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, मकवानपुरमा रहेका एसपी अरूण पौडेलको जिल्ला प्रहरी कार्यालय तनहुँमा भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदीको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो विशेष अपराध अनुसन्धान महाशाखा महाराजगन्जमा भएको छ ।
त्यस्तै गोरखाका एसपी ओमप्रसाद अधिकारीको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानको पनि सरूवा भएको छ।
उनको सरूवा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको छ भने उनको सट्टामा तारादेवी थापा आउँदैछिन्।
सम्बन्धित
प्रतिक्रिया