शुक्रबार, असार १३, २०८२

झापामा मुटुको अस्पताल निर्माण सुरु

नेपालखोज २०७७ असार २ गते २०:२०

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा मुटुको अस्पताल निर्माण सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकमार्फत निर्माण सुरु भएको अस्पताल प्रधानमन्त्री ओलीको समेत प्राथमिकतामा छ ।

उनले यस अस्पतालका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत एक करोड रुपैयाँ उपलव्ध गराएका छन्। रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीकाअनुसार सो बजेटबाट मुटुरोगको उपचारमा आवश्यक उपकरण खरिद र पूर्वाधार निर्माणको काम भइरहेको छ ।

मुटुरोगको अस्पतालका लागि पूर्वाधार भने तयार भइसकेको छ। रेडक्रसले सञ्चालन गरिरहेको सर्पदंश उपचार केन्द्र तथा रक्तसञ्चार केन्द्रको भवनमानै १५ शैया रहने मुटुरोगको अस्पताल सञ्चालन गर्न लागिएको हो।

यसअघि रेडक्रसको सभाहल रहेको स्थानलाई समेत अस्पतालका विभिन्न कक्षहरुको रुपमा उपयोग गरिने रेडक्रसले जनाएको छ। अस्पताल सञ्चालनका लागि विभिन्न उपकरण खरिदको क्रम सुरु भएको संयोजक लिला गुरागाँईले जानकारी दिए। उनकाअनुसार केही उपकरण रेडक्रस केन्द्रीय कार्यालय तथा प्रदेश सरकारमार्फत प्राप्त भइसकेका छन्।

प्रतिक्रिया