मंगलबार, माघ १, २०८१

८२ वर्षीया वृद्धालाई नगद सहयोग

नेपालखोज २०७७ असार ३ गते १६:००

चिप्लेढुङ्गा । सडक पेटीमा मकै पोलेर जीविकोपर्जन गर्दै आएकी ८२ वर्षीया वृद्धालाई नगद रू १० हजार प्रदान गरिएको छ ।

Advertisement

पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी साहारा क्षेत्रीको बारेमा सञ्चार माध्यामले समाचार प्रकाशित गरेपछि उनको वास्तविकता बुझेर बेलायत निवासी समाजसेवी प्रेमबहादर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाएकी हुन् ।

बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिएपछि विपन्न परिवारको लागि सहयोग अभियानमा सक्रिय छन् ।

प्रतिक्रिया